लुम्बिनीमा छिट्टै प्रदेश प्रहरी निर्माण हुने

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीमा छिट्टै प्रदेश प्रहरी निर्माण हुने बताएका छन् ।
लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भई सकेकाले अब लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरी निर्माण गरिने बताएका हुन् । बुटवलमा ६७ औँ नेपाल प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताए । मुख्यमन्त्री केसीले नेपाल प्रहरीले नागरिकको सुरक्षामा कर्तव्यनिष्ठ भइ अगाडि बढ्न आग्रह गर्दै जनताको सेवा र अपराध, अनुसन्धानमा लागेर नेपाल र लुम्बिनी प्रदेशमा शान्ति कायम गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री केसीले नेपालमा प्रहरी संगठनले जसरी आफ्नो नाम उच्च बनाएको छ त्यसरी नै आगामी दिनमा पनि आफ्नो संगठनको पहिचान र उचाइलाई थप विकास गर्न निर्देशन दिए ।
प्रहरी दिवसको अवसरमा मुख्यमन्त्री केसीले अबको संघात्मक व्यवस्थामा नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन निर्माण गरी संघ र प्रदेशलाई शान्ति अमनचयन कायम गरिने बताए । उनले प्रदेश प्रहरीका लागि ऐन पास भएकाले अब प्रदेश सरकार कार्यान्वयनका लागि अघि बढ्ने बताए ।
मुख्यमन्त्री केसीले नेपाल प्रहरीले विगतको आमूल परिवर्तनमा आफ्नो अमूल्य प्राण आहुति दिएको बताउँदै ती नै अमर प्रहरीप्रति श्रद्धाञ्जली समेत व्यक्त गरे । उनले आपत विपतमा पनि नेपाली जनताको साथमा रहेकाले सधैँ प्रहरीलाई जनताले सम्झिने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलक राम शर्माले नेपाल प्रहरीलाई सधैँ जनताको सेवामा लाग्न अपिल गर्दै जनताको सहाराको रूपमा हुनुपर्ने उल्लेख गरे । उनले लुम्बिनी प्रदेशमा प्रहरी ऐन आई सकेकाले त्यसलाई कार्य रूप दिनका लागि सरकार लागिपरेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रहरीका प्रमुख नलप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया