आज चैते दशैँ, कर्णालीमा सार्वजनिक बिदा

काठमाडौँ : आज चैते दशैँ । यस वर्ष बैशाख महिनामा चैते दशैँ परेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ यस वर्ष भने बैशाखमा पर्न गएको हो । आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी दशैँ मनाउँछन् ।
चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोभिड-१९ का कारण मठ मन्दिरमा भीड गराउन रोक लगाइएको छ ।
चैते दशैँ कर्णाली र सुदूरपश्चिममा भव्यसँग मनाउने गरिन्छ । चैते दशैँ धुमधामका साथ मनाउने भएकाले कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

सूचना आयोगद्वारा डिजिटल प्लेटफर्म सार्वजनिक

बालबालिकाको मोबाइल लत छुटाउने यी हुन् पाँच टिप्स्
आज साउन १ : कर्कट (साउने) सङ्क्रान्ति पर्व

आज यस्तो छ तपाईंको राशिफल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका किशोर श्रेष्ठ

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

प्रतिक्रिया