लिभरपुललाई शीर्ष चारमा पर्नै सकस

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल लिड्स युनाईटेडसँग बराबरीमा रोकिएको छ । सोमबार राती भएको खेलमा लिभरपुल लिड्स युनाईटेडसँग एक–एक गोलको बराबरीमा रोकिएको हो ।
लिभरपुलका लागि खेलको ३१ औँ मिनेटमा साडियो मानेले गोल गरेका थिए । तर ८७ औँ मिनेटमा लिड्सका लागि डियगो लोरेन्टले बराबरी गोल फर्काए ।
बराबरीपछि लिभरपुललाई प्रिमियर लिगको शीर्ष चारमा पर्नै सकस भएको छ । ३२ खेलबाट ५३ अंक जोडेको लिभरपुल पाँचौ स्थानमा छ । एक खेल कम खेलेको चेल्सी ५४ अंकसहित चौथो स्थानमा छ ।
लिगमा बाँकी रहेका ६ खेलमा सुधारोन्मुख प्रदर्शन गर्न नसके साविक विजेता रहेको लिभरपुललाई आउँदो सिजन च्याम्पियन्स लिग खेल्न समेत हम्मे हम्मे पर्ने देखिन्छ ।

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

प्रतिक्रिया