डेंगु नियन्त्रण गर्न डोकोमा बाेकेर दुर्गम गाउँमा फगिङ्ग मेसिन

उदयपुर । कटारी नगरपालिकामा डेंगु संक्रमण बढ्दै गएपछि नगरपालिकाले लामखुट्टे नष्ट गर्ने अभियानलाई गाउँ तहसम्म पुर्याएको छ । कटारीमा अहिलेसम्म २९ जनामा डेंगु पुष्टि भएको छ ।
नगरपालिकाले दुर्गम गाउँहरूमा फगिङ्ग गरी लामखुट्टे नष्ट गरेको छ । १४ वडा रहेको नगरपालिकाको पहाडी भेग तथा पैदल जंगलको बाटो छिचोलेर स्वास्थ्यकर्मी लामखुट्टे नष्ट तथा स्वास्थ्य परीक्षण गर्न पुगेका छन् । नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुरेस दाहालले शंकास्पद ज्वरोका बिरामी देखिएपछि कटारी नगरपालिका–१ को विकट गाउँ एक्लेसल्लामा समेत स्वास्थ्यकर्मीको टोली पठाएको जनाएका छन् ।
कटारीका विकट गाउँमा नगरपालिकाको टोली डोकोमा फगिङ्ग मेसिन लिएर लामखुट्टे नष्ट गर्न पुगेको छ । कटारी अस्पतालका सूचना अधिकारी नविन बस्नेतले अस्पतालमा नियमित ज्वरोका बिरामी आउने गरेको बताए । ‘ज्वरोमा पनि प्लेटलेस कम भएकालाई मात्रै डेंगु परीक्षण गर्ने गरेका छौं ।' बस्नेतले भने, ‘ज्वरो आउने बित्तिकै डेंगुको शंका लागेर आउनेको संख्या बढ्दो रहेको छ । सवारीसाधन नपुगेका विकट गाउँगाउँमा समेत डोकोमा आवश्यक सामग्री बोकेर नगर प्रहरीको टोली लामखुट्टे नष्ट गर्न पुगेको छ ।'

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया