उदयपुर-खोटाङ जोड्ने फोक्सिङटारको आर्क ब्रिज एक महिनाभित्रै सञ्चालनमा आउने

उदयपुर । उदयपुर-खोटाङ जोड्ने सुनकोशी नदीको फोक्सिङटारमा निर्माणाधिन आर्क ब्रिजको ढलान सम्पन्न भएको छ । आर्क ब्रिज ढलानपछि उदयपुर-खोटाङ पक्की पुलले जोडिएकाे छ ।
ढलानसँगै लामो समय अलपत्र अवस्थामा रहेको फोक्सिङटारको पक्की पुल अबको एक महिनाभित्रमा सञ्चालनमा आउने भएको हो । १० वर्षदेखि अलपत्र अवस्थामा रहेको फोक्सिनटारको पक्की पुल यातायात सञ्चालनको अन्तिम चरणमा पुगेकाे छ । निर्माण कम्पनीले पछिल्लो समय द्रुत गतिमा काम गरेपछि उदयपुर-खोटाङ जोडिएको हो ।
सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल सडकमा पर्ने सुनकोशी नदीको याे पुल निर्माणको म्याद चौथो पटक थपिएपछि निर्माण सम्पन्न हुन लागेकाे हाे । गाईघाट–दिक्तेल सडकको उदयपुरतर्फ रौतामाई गाउँपालिका– ५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका– ९ बीचको फोक्सिङटारमा निर्माणाधीन पुल २२ चैत २०७५ मा सम्पन्न गर्ने गरी ३० चैत ०६९ मा १८ करोड २ लाखमा ठेक्का सम्झौता भएको थियो ।
निर्माण कम्पनीले सम्झौताअनुरुप चार वर्षअघि नै निर्माण सम्पन्न गर्नु पर्नेमा पुलको डिजाइन निर्माणमा ढिलाई गरेकाले तोकिएको समयमा निर्माण सम्पन्न नभएको निर्माण कम्पनी गौरी पार्वती वाईपी जेबीका प्रोपाईटर राजकुमार थापाले जानकारी दिए । उनले भने, 'पुलको मुख्य स्ल्याब ढलान शुक्रबार सकेका छौं । अबको एक महिनाभित्र पुलको रेलिङ लगाउने काम र पुल वारीपारीको एप्रोज रोड बनाउने र कालोपत्रे गर्ने योजना छ ।' नदीको दुवैतर्फ साढे ६ मिटर गहिरो फाउन्डेसनसहित २० मिटर अग्लो पिलर र एक सय २० मिटर लामो पुल निर्माणको जिम्मा गौरी पार्वती वाईपी जेबीले लिएको थियाे ।
पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानले सो पुल निर्माणको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको थियाे । नयाँ प्रविधिको आर्क ब्रिजको ईन्जिनियर अजयकुमार साहको रेखदेखमा ढलान गरेको र कात्तिक मसान्तसम्ममा पुलबाट गाडी चलाउने योजना रहेको छ ।

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

वर्षाले नारायणघाट बुटवल खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

देशका पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

धुर्कोट–इस्मा जोड्ने झोलुङ्गे पुल निर्माण

मैवाखोलामा श्रमदानबाट काठेपुल निर्माण

प्रतिक्रिया