कर्णालीमा बाढीपहिरो : ३७ को मृत्यु, १९ अझै बेपत्ता

सुर्खेत । अघिल्लो साता कर्णालीमा आएको बाढीपहिरोमा परि ३७ जना कर्णालीवासीले ज्यान गुमाएका छन् भने १९ जना अझै बेपत्ता छन् । दशैंको दिनदेखि लगातार एक सातासम्म आएको वर्षाका कारण प्रदेशका सबै जिल्लाहरुमा बाढी पहिरोले गर्दा हजारौ नागरिकहरु विस्थापित भएका छन् । बाढी पहिरोका कारण २८ जना घाइते भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।
बाढीका कारण मृत्यु हुनेहरुमा सबैभन्दा धेरै जुम्लामा देखिन्छ । जुम्लामा बाढी पहिरोका कारण १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।
कालिकोटमा सात जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । यसैगरी जाजरकोटमा तीन जना, सल्यानमा तीन जना, कालिकोटमा ६ जना, मुगुमा आठ जना, हुम्लामा चार जना र डोल्पा र दैलेखमा एक÷एक जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
प्रदेशभर सात सय ७६ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार एक हजार सात सय २१ घरपरिवारका १० हजार सात सय १९ जना विस्थापित भएका छन् । बाढीपहिरोले क्षति पु¥याएका क्षेत्रमा प्रहरीले दुई हजार बढी सुरक्षाकर्मी खटाएको छ । भौगोलिक कठिनाईका कारण प्रहरीलाई तथ्यांक संकलनका लागि समेत समस्या परेको उनले बताए ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_21sC6d56h4_swap23d9um3t73jld8wqi1uukuwfid5lzsjoce33e5a4fkwost3lmyrk7o5q.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया