भारतीय ट्रकको ठक्करले मृत्यु

झापा : मेचीनगर नगरपालिका-७ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भारतीय ट्रकको ठक्करबाट साइकल यात्री मनोज मेचेको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार घर नजिकको एनएमसी डेरीमा दही किनेर साइकलमा फर्किंदै गरेका ३० वर्षीय मेचेलाई डब्ल्युबी ७३ बी ३३२४ नंको भारतीय ट्रकले सोमबार बिहान साढे ९ बजेतिर ठक्कर दिएको थियो ।
ट्रकको ठक्करले सख्त घाइते भएको अवस्थामा मेचेलाई उद्धार गरी प्रहरीले आफ्नै भ्यानमा राखेर उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल पुर्याएको थियो । हस्पिटलमा पुर्याउने बित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न ट्रकलाई इप्रका काँकडभिट्टामा राखिएको छ भने चालक फरार भएका छन् । प्रहरीले फरार चालकको खोजतलास भइरहेको जनाएको छ । रासस

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_1vJeFlZ1gC_pecs46bhxnas7sh5akkr9rxdbeqar1eg2iappdwkptkonmguj23hwmnxy28l.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया