के–के काम गर्यो प्रदेश सभा-१ को हिउँदे अधिवेशनले ?

विराटनगर : प्रदेश सभा–१ का अघिल्ला ६ वटा बैठकले ४९ वटा विधेयक पारित गर्यो भने ५ वटा विधेयकको संशोधन गर्यो । अन्य प्रदेशको तुलनामा धेरै विधेयक बनाएको प्रदेश–१ सातौं बैठकमा आइपुग्दा एकै दिन पनि पूर्णरूपमा बैठक सञ्चालन नगरी अन्त्य गर्नु पर्ने अवस्थामा पुग्यो । सातौं तथा हिउँदे अधिवेशन तीन महिनासम्म चल्यो । अधिवेशनमा ८ बैठक बसे । तर, कुनै बैठक पूर्णरूपमा बस्न पाएनन् ।
अधिवेशनको अन्त्य पनि नाराबाजीबीच गर्नु पर्यो । आइतबार सातौं हिउँदे अधिवेशनको अन्त्य सभामुख प्रदीप भण्डारीले विपक्षी दलको नाराबाजीबीच प्रदेश प्रमुखको कार्यालयबाट आएको अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर गरे ।
प्रदेश सभाका यसअघिका ६ बैठक बिना अवरोध सञ्चालन हुँदै आएका थिए । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदनमा विरोध नगरेको भन्दै सार्वजानिक आलोचन समेत खेप्नु परेको थियो । तर सातौं अधिवेशनमा आइपुग्दा एक दिन पनि पूर्णरूपमा सञ्चालन नभइ अधिवेशनको अन्त्य गर्नु पर्ने अवस्था आइपुग्यो ।
माघ ७ गते सुरु भएकोसातौं अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् । प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरी राख्ने रणनीति बनाएको भन्दै सरकारको सदनको अन्त्य गर्ने बाटो रोजेको हो ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेको लागि बोलाइएको थियो ।
पटक–पटक स्थगित भएको प्रदेशसभाको बैठकमा फागुन ९ गते सरकारी पक्षको बहिष्कारबीच अविश्वास प्रस्ताव पेश भएको थियो । तर, प्रस्तावमाथि प्रदेशसभाले छलफल अगाडि बढाएन । सर्वोच्च अदालतले नेकपाको एकता भंग गरेपछि भने अविश्वास प्रस्ताव फिर्ता भएको थियो ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले चालू वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग गर्दै पछिल्ला बैठक अवरुद्ध गदै आएका थिए ।
विधेयक अधिवेशनको रूपमा चिनिने हिउँदे अधिवेशनमा एउटा पनि विधेयक प्रदेश सभामा टेबलसमेत भएन । प्रदेश सरकारले कृषि अनुदानसम्बन्धि एउटा विधेयक प्रदेश सभा सचिबालयमा लगेको भए पनि प्रवेश पाएन ।
२०७४ सालमा सुरु भएको प्रदेश सभाको पहिलो बैठकले जम्मा ११ वटा विधेयकहरु पारित गर्यो । यसका साथै पहिलो बैठकले प्रदेश १ को सभा निमावली समेत बनायो । २०७५ सालमा बसेको प्रदेश सभाको दोस्रो बैठकले १२ वटा विधेयक पारित गर्यो । यसै गरी तेस्रो बैठकले ६ वटा विधेयक पारित गर्नुका साथै प्रदेश सभा नियमावलीको पहिलो संशोधन समेत गर्यो ।
यसै गरी चौथो तथा बजेट अधिवेशनले १४ वटा विधेयकहरु पारित गरेको थियो । २०७६ सालमा आइ पुग्दा पाचौं तथा हिउँदे अधिवेशनले जम्मा एउटा मात्र विधेयक पारित गर्यो । अधिवेशन चली रहदा प्रदेश सभा सचिवालयमा ६ वटा विधेयक दर्ता भएका थिए ।
२०७७ सालको छेटौं तथा बजेट अधिवेशनमा आइ पुगेर प्रदेश सभाले संशोधन सहितका १० वटा विधेयकहरु पारित गर्यो । तर सातौं तथा हिउँदे अधिवेशनले नत कुनै विधेयक नै पारित गर्यो । त न छलफललै भयो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया