झडपमा परी ४० को मृत्यु

एजेन्सी : दुई पक्षका बीचमा झडप हुँदा मालीमा कम्तीमा ४० जनाको मृत्यु भएको छ । लामो समयदेखि द्वन्द्वरत दुइ पक्ष जिहादी र परम्परागत शिकारीहरुका बीचमा झडप हुँदा उनीहरुको मृत्यु भएको हो ।
देशको मध्यभागमा पर्ने मोप्ती क्षेत्रमा घटना भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । घटनाका कारण स्थानीय झण्डै एक हजार मानिस विस्थापित भएका छन् । हिंसात्मक घटनाले स्थानिय बासिन्दा त्रसित र आतङ्कित भएको पाइएको छ ।
दुई पक्षका एक एक जनाबाट सुरु भएको विवाद बढ्दै गएर हिंसात्मक रूप लिएपछि झण्डै ४० जनाको मृत्यु भएको हो । मालिमा जिहादी विद्रोही र परम्परागत सिकारीहरुका बीचमा बेला बेलामा यस्ता हिंसात्मक घटना हुदै आएका छन् । रासस

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

प्रतिक्रिया