बैंकको चर्काे ब्याजविरुद्ध सुर्खेतका व्यवसायीहरू आन्दोलित
शुक्रबार बजार बन्द

सुर्खेत- बैंकहरूको चर्काे ब्याजका कारण मर्कामा परेको भन्दै सुर्खेतको वीरेन्द्रनगरका व्यवसायीहरू आन्दोलित भएका छन् ।
चर्काे ब्याजविरुद्ध व्यवसायीहरूले बजार बन्द गर्नुको साथै र्याली समेत निकालेका छन् । शुक्रबार दिउँसो व्यवसायीहरूले स्थानीय मंगलगढी चौकबाट विरोध र्याली गर्दै जिल्ला प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंक सुर्खेतमा ज्ञापन पत्र बुझाएका छन् ।
भूकम्प, कोरोना महामारीबाट खस्किँदै गएको व्यापार अहिले बैंकको चर्काे ब्याजका कारण व्यवसायीहरू पलायन हुने अवस्थामा रहेका उनीहरूको गुनासो छ । पछिल्लो समय कर्जाको ब्याजदर दोब्बर पुगेका कारण व्यवसायीहरू समस्यामा परेकाे सुर्खेत उद्योग वाणिज्य संघका सदस्य सचिव भद्र भण्डारीले बताए ।
पछिल्लो समय चुलिँदै गएको आर्थिक संकटका बीच जसोतसो मुलुकको अर्थतन्त्र धानिरहेको निजी क्षेत्रलाई धरासायी बनाउँदै आएका बैंकहरूले सिन्डिकेट लगाएको भण्डारीकाे आराेप छ । साेका विरुद्ध संयुक्त संघर्ष समिति गठन गरेर ज्ञापनपत्र बुझाएको उनले जानकारी दिए ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया