सुर्खेतमा समाजवादीले फिर्ता लिएन उम्मेदवारी, त्रिपक्षीय भिडन्त हुने

सुर्खेत। सुर्खेतमा नेकपा (एकीकृत समाजवादी केन्द्र)ले उम्मेदवारी फिर्ता लिएको छैन । समाजवादीले गठबन्धनको निर्णय विपरीत दिएको उम्मेदवारी फिर्ता नलिएको हो ।
पार्टीले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) र (ख) मा उम्मेदवारी दिएको छ । समाजवादीले २ (ख) पाउनुपर्ने माग राखेकोे थियो । तर गठबन्धनले कुनैपनि क्षेत्र नदिँदा उम्मेदवारी दर्ता गराएको हो । अब सुर्खेत क्षेत्र नम्वर दुईमा गठबन्धन,एमाले र समाजवादीबीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ ।
यता गठबन्धनको निर्णय अनुसार भने क्षेत्र नम्वर दुईको (क) मा कांग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार बनेका छन् । समाजवादीले सुर्खेतमा कुनै पनि क्षेत्र आफ्नो भागमा नपरेपछि (क) र (ख) मा उम्मेदवारी दर्ता गराएको होे । जस अनुसार (क) समाजवादीका जिल्ला इञ्चार्ज शिव उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहन बडुवालले उम्मेदवारी दर्ता गराएका थिए । समाजवादीका जिल्ला अध्यक्ष बडुवालले पार्टीको केन्द्रीय निर्णय अनुसार नै दुबै जनाको उम्मेदवारी कायम रहेको प्रतिक्रिया दिएका छन् ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया