बिएफआइएन-सिपिएससी मनिलाबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ- बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल ( बिएफआइएन)ले कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी), मनिला, फिलिपिन्ससँग रणनीतिक सम्झौता गरेको छ। मंगलबार सिपिएससीले आयोजना गरेको एक समारोहमा बिएफआइएन-सिपिएससीबीच रणनीतिक सम्झौता गरेको हो। सम्झौतामा बीएफआईएनका प्रबन्ध निर्देशक डा विनोद आत्रेय र सीपीएससीका महानिर्देशक प्राध्यापक जीएलडी विक्रमासिङ्घेले हस्ताक्षर गरेका छन् ।
यस रणनीतिक सम्झौताको उद्देश्य दुवै संस्थाको दायराभित्र रहेका विभिन्न संस्थाका कर्मचारीहरुको क्षमता विकासका क्षेत्रमा मिलेर काम गर्ने उद्देश्य रहेको छ । उद्घाटन र हस्ताक्षर समारोहमा डा. आत्रेयले दुवै संस्थाबीचको यो सहकार्यले धेरै सदस्य राष्ट्रको जनशक्ति विकासमा टेवा पुग्ने बताए ।
डा. आत्रेयले दुवै संस्थालाई आपसी हितका क्षेत्रमा तालिमको आयोजना गर्न सुझाव दिए र नेपालमा अन्तर्राष्ट्रिय तालिम कार्यक्रम आयोजना गर्ने प्रस्ताव समेत गरेका थिए ।
विक्रमासिङ्घेले यस सहकार्यबाट खुसी व्यक्त गर्दै मनिलामा कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने आश्वासन दिए । प्रतिनिधिहरूलाई स्वागत गर्दै उनले कार्यक्रम फलदायी हुने बताए
बिएफआइएनले सिपिएससीसँगको सहकार्यमा ११ देखि १५ अक्टोबर २०२२ सम्म मनिलामा उन्नत बैंक व्यवस्थापन तालिम कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा कृषि विकास बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, र कुमारी बैंक लिमिटेडका वरिष्ठ अधिकारीहरू सहभागी छन्।
यो कार्यक्रम फिलिपिन्सको वित्तीय क्षेत्रका प्रमुख परिवर्तन, प्रवृत्ति, उत्कृष्ट अभ्यास, नीति र चुनौतीहरूका बारेमा अन्तर्दृष्टि प्रदान गर्ने उद्देश्यले नेपालको बैंकिङ संस्थाहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी बन्न र भविष्यको डिजिटल संसारको सामना गर्ने सीपहरूसँग सेट गर्न मद्दत गर्न डिजाइन गरिएको जनाइएको छ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

प्रतिक्रिया