भारतमा कोभिड-१९ संक्रमण पुनः बढ्दै: सीमानाकामा छैन सतर्कता
जनकपुरधाम : छिमेकी राष्ट्र भारतमा पुनः तीब्र रूपमा कोभिड-१९ संक्रमण बढदै गएको छ । भारतमा संक्रमण पुनः भयावह रूपमा फैलिरहेको छ । त्यहाँ दिनहुँ लाखभन्दा बढीको संख्यामा कोरोना संक्रमितहरू थपिइरहेका छन् । तर, सीमानाकामा भने कुनै सतर्कता अपनाइएको छैन।
सीमा क्षेत्रमा भारतीय बजार भएको कारण दैनिक सयौंको संख्यामा सामान किनमेल गर्न सीमावर्ती क्षेत्रका स्थानीय आवात गर्दै आएका छन् । भारतीय क्षेत्रमा बजार लागेको दिन सस्तो सामान किन्न पाइन्छ भन्दै सयौँको संख्यामा नेपालीहरू निर्वाध भारत पुग्छन् । उनीहरूको न भारतीय एसएसबीले स्वास्थ्य जाँच गर्छन् न त नेपाली सुरक्षाकर्मीले नै । भारतमा संक्रमण बढेसँगे नेपालमासमेत पुनः संक्रमितको संख्याको बढदै गएको छ ।
सर्वसाधारणको आवत-जावतका लागि नेपाल सरकारले सीमानाका खोलेको भए पनि भारतले भने नाकामा कडाइ गरेको छ । मुख्य नाकामा भारतले सीमानामा कडाइ गरे पनि चोरबाटोबाट निस्फिक्री मानिसहरू आउजाउ गरिरहेका छन् ।
भारतबाट नेपाल आउने वा नेपालबाट भारत जाने प्रदेश २ स्थित केही सीमानाकामा सामान्य तापक्रम नाप्ने काम गरिएको भए पनि बाँकी क्षेत्रमा कुनै चेकजाँच हुँदैन ।
प्रदेशस्थित छोटी नाकाको रूपमा रहेका महोत्तरीका भिट्ठामोडमा भारतबाट नेपाल छिर्ने सर्वसाधारणलाई न कुनै चेकजाँच हुन्छ न हेल्प डेस्क नै राखिएको छ । धनुषास्थित जटही नाकामा सीमा सुरक्षामा खटिएका प्रहरीले प्रक्रिया पूरा गर्ने उद्देश्यले थर्मल गनले शंका लागेका व्यक्तिलाई तापक्रम नाप्ने गरेका छन् । शसस्त्र प्रहरीले थर्मल गनले शरीरको तापक्रम नापेर बढी देखिएमा भारतबाट आएकालाई उतै फर्काउने गरेको छ ।
जटही र भिट्ठामोड नाका हुँदै दैनिक सयौं जना आवत-जावत गर्छन् । तर लामो दूरीबाट आएकाहरूको मात्रै रेकर्ड राख्ने गरिएको छ । खुला सिमाना भएका कारण कडाइ गर्ने अवस्था नरहेको सीमा सुरक्षामा खटिएका प्रहरीको भनाइ छ ।
सशस्त्र प्रहरी महोत्तरीका प्रहरी उपरिक्षक सुरेश सापकोटाले भिट्ठामाडसहित हरेक सीमानाकामा निगरानी बढाएको बताए । तर खुल्ला सीमानाकामा भएको कारण थप कडाइ गर्ने अवस्था नरहेको उनको भनाइ छ । 'दैनिक सयौं व्यक्ति सामान किनमेल गर्ने सीमावर्ती क्षेत्रमा आवत-जावत गर्ने गर्छन,' उनले भने, 'तिनीहरूलाई रोक्ने वा पटक-पटक चेकजाँच वा रेकर्ड राख्न सम्भव छैन।'
उनले भने सबभन्दा बढी असुरक्षित सीमामा खटिएका सुरक्षाकर्मी नै हुन, सम्बन्धित निकायले तिनीहरुलाई न त कुनै सुरक्षा सामाग्री दिएको छ न कुनै हेल्प डेस्कमा स्वास्थ्यकर्मी उपलब्ध गराइएको छ । तरपनि निगरानी गर्दै क्षमता अनुसारको चेकजाँच गर्दै आएका छौं ।
सम्बन्धित स्थानीय तह र प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी सीमानाकामा हेल्प डेस्क राखेर चेकजाँचमा तीब्रता दिइने उनले बताए । 'दुई/तीन दिनभित्रै हेल्थ डेस्क, चेकजाँच र रेकर्ड राख्ने काम सुरु गर्नेछौं' उनले भने ।
त्यस्तै धनुषाको जटही सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी धनुषाका प्रहरी नायब उपरीक्षक दिनेश खडकाले खुल्ला सीमानाका कारण सयौंको संख्यामा आवत जावत भइरहेको बताए । तर हामी लामो दूरीबाट आएकाहरूको मात्र जाँच र रेकर्ड राख्ने गरिएको उनले बताए । अब भने निगरानी बढाउने उनले बताए ।
उनकाअनुसार अहिले दिनहुँ १० देखि १५ जना व्यक्ति भारतबाट नेपाली सीमामा प्रवेश गर्ने गरेका छन् । डिएसपी खडकाले सम्बन्धित निकायबाट हेल्थ डेस्क नराखिएकाले बाध्यतावश आफूहरूले नै थर्मल गनको सहायताले ज्वरो मापन गरेर आवत-जावत गर्न दिइरहेको उनको भनाइ छ ।
‘हामीसंग स्वास्थ्यकर्मी छैनन्, हामीमध्ये जसलाई स्वास्थ्यसम्बन्धी थोरबहुत जानकारी छ । हामीले उनीहरूलाई खटाएका छौँ, डिएसपी खड्काले भने,‘संक्रमण बढ्दै गएकाले हामी आफैंले स्वास्थ्य सतर्कता अपनाउनका लागि ज्वरो मापन गरेर मात्रै आउ-जाउ गर्न दिइरहेका छौं ।'
भारतमा संक्रमितहरूको संख्या दिनानुदिन बढ्दै गए पनि स्वास्थ्यकर्मी आभावले अहिलेसम्म सिमानाकामा हेल्थ डेस्क संचालन गर्न नसकिएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले बताए । स्वास्थ्यकर्मी व्यवस्थान गर्दै हेल्थ डेस्क राख्नेबारे हाम्रो छलफलमा रहेको र छिट्टै नै यसबारे निर्णय हुने उनले बताए । निमित्त निर्देशक झाले भने ‘कुनै कुनै बोर्डरमा हेल्थ डेस्कको स्थापना भइसकेको छ भने त्यहाँका कर्मचारीहरूलाई नाकाबाट आवतजावत गर्ने सबैको जानकारी अभिलेख गरी राख्न निर्देशन दिएका छौँ ।’

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया