झपट बोहरा प्रदेश सभा सदस्यबाट पदमुक्त

धनगढी : माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा विजयी भएका झपटबहादुर बोहरा पदमुक्त भएका छन् । माओवादी केन्द्र दल त्याग गरेकाले उनको प्रदेश सभा सदस्य पद गुमेको हो । सोमबार सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले दल त्याग गरेको पत्र पढेर सुनाएका थिए ।
बोहराले माओवादी केन्द्र दल त्याग गरेकाले नेपाल संविधानको धारा १८० तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रदेश सभा नियमवाली २०७४ बमोजिम प्रदेश सभा सदस्य पद गएको हो । बोहरा अछाम १ (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएपछि आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका थिए ।
तर तत्कालीन नेकपामा विवाद बढेपछि उनले प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई साथ दिदै मन्त्री पदबाट राजीनामा दिएका थिए । उनी अहिले एमालेको केन्द्रीय सदस्य बनेका छन् । एमालेमा सक्रिय भएपछि माओवादी केन्द्रले उनलाई स्पष्टिकरण सोधेको थियो भने समयमै स्पष्टिकरण प्राप्त नभएको भन्दै चैत ३१ गते पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको थियो ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_7Xm3TNg2tu_aehuqm0cm84umaybqfwbt9aq91kmx9o6ag6dc4fq5wntvyct0mxyyuy4e2vh.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया