बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

पर्यटनमन्त्री श्रेष्ठ र इटालीका राजदूत लुकाबीच शिष्टाचार भेट

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुकाबीच शिष्टाचार भेट भएको छ। सोमबार मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको हो। 

इटाली सरकारले नेपालको विकासमा गर्दै आएको प्रत्यक्ष तथा परोक्ष सहयोगको स्मरण गर्दै मन्त्री श्रेष्ठले आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। 

२०७२ सालमा गएको भूकम्पबाट क्षति भएका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू पुनर्निर्माणमा इटाली सरकारबाट महत्त्वपूर्ण सहयोग प्राप्त भएको मन्त्री श्रेष्ठले बताए । राजदूत लुकाले विश्वकै निधिका रूपमा रहेका नेपालका सम्पदाको संरक्षण, पुनर्निर्माण तथा जीर्णोद्धारमा इटाली सरकार सहयोग गर्न इच्छुक रहेको बताए।

युरोपेली संस्कृति तथा सम्पदाको केन्द्रका रूपमा रहेको इटालीबाट नेपालले पुरातात्त्विक सम्पदाको व्यवस्थापन तथा संरक्षणबारे शिक्षा लिन चाहेको मन्त्री श्रेष्ठले बताए। मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत दुई सम्पदा जोड्ने गरी हनुमानढोका–स्वयम्भू सम्पदा मार्ग निर्माण शुरु गरिएको जानकारी दिँदै सम्पदा मार्ग विश्व पर्यटनकै दुर्लभ संयोग रहने र पर्यटन आकर्षणका लागि समेत महत्त्वपूर्ण रहने बताए।

राजदूत लुकाले इटालीले नेपालको पर्यटन विकासमा सहयोग गर्ने बताए। साथै उनले इटाली सरकारले आयोजना गर्ने रोम एक्स्पो २०३० परियोजनाको तयारीबारे पनि मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए।

उनले २०७८ कात्तिकमा गैरआवासीय राजदूतको रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका थिए। भारतका लागि आवासीय राजदूत रहेका लुका नेपालको गैरआवासीय राजदूत हुन्। नेपाल र इटालीबीच सन् १९५९ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो।

 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता