एक दिन पर सर्यो कांग्रेस केन्द्रीय समिति

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले बुधबार विज्ञप्ति निकालेर बैठक एक दिन सारिएको जनाएको छ ।
'कार्तिक २७ गते बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्य सिमिति बैठक तोकिएकोमा उक्त बैठक २०७७ कार्तिक २८ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ,' केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
काग्रेसले यसअघि २४ गते बस्ने भनेको बैठक २७ गतेका लागि सारेको थियो । त्यसअघि २१ गतेका लागि बैठक बोलाइएको थियो ।
आगामी फागुन ६ देखि १० गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने कार्यतालिकासहितको मिति सार्वजनिक गरेको कांग्रेसले कोभिड-१९ का कारण त्यो मितिमा महाधिवेशन गर्न असम्भव भएपछि सार्नका लागि बैठक बोलाएको हो ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया