कर्णालीमा घट्न थाल्यो पानीको वहाब

कैलाली- लगातार पाँच दिनदेखि परिरहेको वर्षाका कारण बढ्दै गएको कर्णाली नदी वर्षा रोकिएसँगै घट्न थालेको छ । सोमबार बिहान ७:३० बजे गरिएको मापनमा कर्णाली नदीको चिसापानी क्षेत्रमा पानीको सतह १२ दशमलव १९८ मिटर रहेकोमा ८:३० बजे मापन गर्दा घटेर ११ दशमलव ८८१ मिटर रहेको छ ।
पानी घट्दै गए पनि खतराको तहमै रहेका कारण नदी तटिय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
गेजरिडर पार्वती गुरुङका अनुसार १० मिटरलाई सचेत मानिन्छ भने १० दशमलव ८० मिटरलाई खतराको सतह मानिन्छ ।
टीकापुर नगरपालिका-५ शाहीपुरमा कर्णालीको बाध फुटेर पानी बस्तिमा प्रवेश गरेपछि त्यदको मर्मत कार्य थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले टीकापुरमा करीब ४५० घर परिवारलाई र जानकी गाउँपालिकाका करिब १० घरधुरीलाई सुरक्षित स्थानमा सारिएको बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_tKZ06xU1b4_8ggal0x6qnqvdtom9gyhfdbddnkdi2snnede5m34nzjebsddpoj2o3slxdry.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया