कर्णाली नदीले खतराको तह पार गर्यो, बाँध फुटेर बस्तीमा पानी

कैलाली- लगातार पाँच दिनदेखि परिरहेको वर्षाका कारण कर्णाली नदीले खतराको लेबल पार गरेको छ । सोमबार बिहान ७:३० बजे गरिएको मापनमा कर्णाली नदीको चिसापानी क्षेत्रमा पानीको सतह १२ दशमलव १९८ मिटर मापन गरिएको छ ।
गेजरिडर पार्वती गुरुङले दिएको जानकारी अनुसार सोमबार बिहान ७:३० बजे गरिएको मापनमा कर्णाली नदीमा पानीले खतराको सतह पार गरेको हो । गुरुङका अनुसार १० मिटरलाई सचेत मानिन्छ भने १०.८० मिटरलाई खतराको सतह मानिन्छ ।
टीकापुर नगरपालिका-५ शाहीपुरमा कर्णालीको बाँध फुटेर पानी बस्तीमा प्रवेश गरेको छ । त्यस्तै जानकी गाउँपालिका ९ को ख़ैरिफाटा नजिक र पाताभार स्कूल नाजिककै बाधसमेत फुट्न लागेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले टीकापुरमा करिब ४५० घर परिवारलाई सुरक्षित स्थानमा सरिएको बताउँदै स्थानीय एफएमबाट र माईकिंगबाट सचेत रहन अपील गरिएको बताए । उनले जानकीमा करिब १० घरधुरी सुरक्षित स्थानमा सारिएको बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_tKZ06xU1b4_8ggal0x6qnqvdtom9gyhfdbddnkdi2snnede5m34nzjebsddpoj2o3slxdry.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया