कञ्चनपुरमा नेकपा एसले गठबन्धनसँग मित्रवत प्रतिष्पर्धा गर्ने

धनगढी- कञ्चनपुमा सत्तारुढ गठबन्धनबाट बाहिरिने निर्णय गरेको नेकपा एकीकृत समाजवादीले प्रदेश सभामा मित्रवत प्रतिष्पर्धा गर्दै आफ्ना उम्मेदवारलाई प्रतिष्पर्धामा उत्रार्ने भएको छ ।
प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ निर्वाचन क्षेत्रमध्ये एउटा पनि सिट नपाएपछि सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको छ ।
गठबन्धनमा दाबी रहेको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २(ख) र ३(क)मा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएको छ । सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीबाट टिकट नपाएपछि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल र पूर्व सामाजिक विकासमन्त्री लालबहादुर खड्का गठबन्धनविरुद्ध बागी उम्मेदवार बन्ने भएका छन् ।
रावल क्षेत्र नम्बर ३(क) र खड्का क्षेत्र नम्बर २(ख) मा चुनाव लड्ने छन् । ‘गठबन्धनबाट कञ्चनपुरमा एउटा सिट पाएनौँ, हाम्रो दाबी रहेको क्षेत्रमा उम्मेदवारी दिन्छौँ,’ आर्थिक मामिलामन्त्री रावलले भने, ‘कांग्रेस र माओवादीसँग मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’
सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीले ३ (क) र ३ (ख) मा अन्तिमसम्म दाबी गरेको थियो । प्रदेश सभा ३(क) मा सत्तारुढ गठबन्धनबाट माओवादीका संविधानसभा सदस्य टेकेन्द्रप्रसाद भट्ट र २ (ख) मा कांग्रेसका नेता पूर्व संविधान सभा सदस्य बहादुरसिंह थापाले टिकट पाएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया