समाजवादी र जसपाको १३ निर्वाचन क्षेत्रलाई खाली राखेर सहमति

कैलाली- सत्ता गठबन्धनले समाजवादी पार्टी नेपाल र जसपाको भागमा परेका १३ निर्वाचन क्षेत्रलाई खाली राखेर बाँकीमा सहमति गरेको छ ।
सहमति अनुसार आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिध सभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभाको उम्मेदवारका लागि गठबन्धनको भागबन्डा टुङ्गिएको हो । बालुवाटारमा बसेको शुक्रबारको बैठकले भागबन्डा टुङ्ग्याएको हो ।
जसमा बाजुरामा नेपाली काँग्रेस, अछाम १ मा नेकपा एकीकृत समाजवादी, २ मा नेपाली काँग्रेसले पाउने भएको छ । यस्तै बझाङ नेकपा एकीकृत समाजवादीले पाउँदा डोटीमा पनि नेकपा एकीकृत समाजवादीले नै पाउने भएको छ ।
यता कैलालीको क्षेत्र नम्बर १, ४ र ५ मा नेपाली काँग्रेस, २ र ३ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पाउने भएको छ । दार्चुलामा नेपाली काँग्रेस, बैतडीमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पाउँदा डडेल्धुरामा नेपाली काँग्रेसले पाउने भएको छ ।
यस्तै कञ्चनपुरको क्षेत्र नम्बर १ मा पनि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पाउने छ भने क्षेत्र नम्बर २ र ३ मा नेपाली काँग्रेसले पाउने भएको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_tKZ06xU1b4_8ggal0x6qnqvdtom9gyhfdbddnkdi2snnede5m34nzjebsddpoj2o3slxdry.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया