पूर्व राज्यमन्त्री ओझाले गरे स्वतन्त्र उठ्ने घोषणा

कैलाली- निर्वाचन क्षेत्र नम्बर ५ मा पूर्व राज्यमन्त्री रही सकेका पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघीय सांसदका लागि उम्मेदवारी घोषणा गरेका हुन ।
मंसिर ४ गते हुने चुनावमा कैलाली ५ का मतदाताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्न चुनावमा उठ्न लागेको ओझाले बताएका छन्। उनले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा मेरो उम्मेदवारी रहने बताउँदै यहाँका मतदाताका माझ साझा उम्मेदवार भएर भोट माग्न जाने बताए ।
ओझाले निर्दलीय व्यवस्थाका विरुद्ध विगतमा आन्दोलन गरेको स्मरण गर्दै अहिले निर्दलीय उम्मेदवार भएर चुनाव लड्नु पर्ने परिस्थिति बनेको बताउँदै गलत प्रवृत्तिका विरुद्ध आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताए। नेपाली काँग्रेसका नेतासमेत रहेका ओझाले आफू दुई वर्षदेखि स्वतन्त्र भएको बताएका छन्।
उनले आफू बहुदलका लागि विगतमा लडेको जेल बसेको भए पनि नियतिले दल बिहिन बनाएकाले मंसिर ४ को चुनावले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताको सामुन्ने जाने अवसर प्रदान गरेको बताएका छन्। ओझाले सर्वपक्षीय उम्मेदवार बनेर भोट माग्ने र मतदाताले चुनाव जिताउने विश्वास व्यक्त गरेका छन्।
उम्मेदवारी घोषणा पूर्व यस क्षेत्रका मतदातासँग छलफल गरेर सबैको सहयोग र समर्थनमा उम्मेदवारी घोषणा गर्न पुगेको ओझाले बताएका छन्। नेपाली काँग्रेस पार्टीले आफूप्रति गरेको व्यवहारका कारण स्वतन्त्र उठ्ने कठोर निर्णय गरेको ओझाको भनाइ छ।
गत निर्वाचनमा डाक्टर आरजु राणा देउवालाई हराउन भुमिका खेलेको भन्दै नेपाली कांग्रेसले ओझालाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको थियो । ओझा आफ्नो कारवाही फुकुवा हुनेमा ढुक्क थिए । तर उम्मेदवारी दर्ता गर्ने बेलासम्मपनी पार्टीले कारवाही फुकुवा गर्ने कुनैपनि संकेत नदेखेपछि स्वतन्त्र उम्मेदवारी दिएको बताइन्छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_zDukVN2o97_4chvcvcihtfso6cpuszrsacqs8laqinshzdydgd61zeqp0qn9h9puc5lnrom.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया