च्याम्पियन्स लिगमा लिभरपुलको जित

काठमाडौँ- च्याम्पियन्स लिग फुटबल अन्तर्गत इंग्लिस क्लब लिभरपुलले स्कटिस क्लब रेन्जर्समाथि जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले रेन्जर्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन अलेक्जेन्डर आरनोल्ड र मोहमद सालाहले एक-एक गोल गरे । खेलको ७ औँ मिनेटमा गोल गर्दै आरनोल्डले लिभरपुललाई अग्रता दिलाउदा सालाहले ५३ औँ मिनेटमा पेनाल्टीमार्फत एक गोल थपेका थिए ।
जितसँगै लिभरपुलले ३ खेलबाट ६ अंक जोडेको छ । समूह ‘ए’ मै रहेको नापोलीले अयाक्सलाई ६-१ गोल अन्तरले पराजित गर्दै लगातार तीन खेलमा जित हात पारेको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया