गाउँ–गाउँमा दसैँको उल्लास

काठमाडौँ- रोजगारीको कारण गाउँ छोडेर सहर पसेकाहरू चाडपर्व मनाउन फर्केपछि गाउँ–गाउँमा दसैंको उल्लास छाएको छ । यतिबेला सहर सुनसान छन् भने गाउँमा दसैंको रौनकता छाएको छ ।
चाडपर्वमा बिदा पाउने भएपछि दसैँमा घर फर्किनेको सङ्ख्या उल्लेख्य छ । सहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदूर लगायत दसैँमा घर फर्किन्छन् । राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदासमेत यसै समयमा दिने भएकाले पनि दसैँमा गाउँ फर्किनको सङ्ख्या उल्लेख्य हुन्छ । दसैँमा मान्यजनबाट टीका जमरा ग्रहण गरी आशीर्वाद लिन गाउँ फर्किने गरेको सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक उमाकान्त जोशीले बताए।
“दसैंको बेला सहर सुनसान छन्, गाउँमा रमाइलो छ”, उनले भने, “अरु बेलाभन्दा दसैँमा घर फर्किनु अनिवार्य जस्तै भइसकेको छ, यो बेला गाउँमा उल्लास छाउँछ ।” तराइमा बसोबास गर्ने अधिकांश व्यक्ति पहाड उक्लिने गरेका छन् । “पहाडबाट तराइमा बसाइ सर्नेहरू कुल पूजा गर्न हरेक वर्ष दसैँमा जन्मथलो फर्किन्छन”, जोशीले भने, “यसले पनि दसैँको बेला सहर सुनसान हुन्छन् ।”
कतै खेलकुद प्रतियोगिता त कतै गीत सङ्गीतले गाउँ गुञ्जायमान छन् । रोजगारी र पढ्न गएकाहरु फर्किए पछि गाउँको माहोल रमाइलो बनेको छ । कतिपय गाउँमा मठ मन्दिरमा सामुहिकरुपमा जमरा राख्ने चलन छ । “एकै पटक भेला हुँदा गाउँमा रौनकता छाएको छ”, कञ्चनपुरको सुडाका गोपाल मिश्रले भने । घटस्थापनादेखि दसैँसम्म गाउँका मन्दिरमा हुने पूजा र जात्राले रौनक बेग्लै हुने उनी बताउँछन् ।

भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत

ठमेलमा होली हंगामा हुँदै

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

हराउँदै ढिकीजाँतोको प्रचलन

प्रतिक्रिया