गण्डकी प्रदेश खेलकुद परिषद्को उपाध्यक्षमा पुन
जिल्ला खेलकुद विकास समितिमा पदाधिकारी मनोनित

पोखरा : गण्डकी प्रदेश खेलकुद परिषद्को उपाध्यक्षमा नारायण पुन मनोनित भएका छन् । आइतबार प्रदेश सरकारले पुनलाई उपाध्यक्षमा मनोनयन गरेको हो । प्रदेश सरकारले १६ जनालाई परिषद सदस्यमा मनोनित गरेको छ । मनोनयनमा पर्नेमा गिरमान गुरुङ, बासु बराल, दिल बहादुर गुरुङ, राम चन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापा मगर, शुभकन्या गुरुङ, चन्द्रा घले गुरुङ, ज्ञान बहादुर बोहरा, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, बसन्त दवाडी, ऋषि गौतम, निर्मला बराल र केशव पाठक छन् ।
आइतबार नै प्रदेशका ११ जिल्ला खेलकुद विकास समितिमा पदाधिकारी चयन भएका छन् । कास्की अध्यक्षमा तोरणबहादुर बानियाँ, उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिवमा भिम पराजुली, कोषाध्यक्षमा कन्चन थापा (कोइराला) मनोनित भएका छन् । कुमार थिङ, तिलकबहादुर अधिकारी, राजन बडगामी, साङग्रीला केसी मरासिनी, रुमबहादुर गुरुङ, केशवबहादुर थापा, नारायण भण्डारी, मनिसा वैद्य र नन्दकली नेपालीलाई सदस्यमा मनोनयन गरिएको जनाइएको छ । स्याङजामा गिरीप्रसाद गुरुङ अध्यक्ष र सचिवमा सितलजंग केसी मनोनयन भएका छन् ।
अनिल पाण्डे तनहुँका अध्यक्ष चयन हुँदा सचिवमा तुलसीराम पाण्डे, लमजुङको अध्यक्षमा योगबहादुर गुरुङ र सचिवमा रोजी गुरुङ, नवलपुरको अध्यक्षमा सेत बहादुर पुन र सचिवमा ध्रुव खनाल, मनाङमा चिनबहादुर घले अध्यक्ष र नवराज गुरुङ सचिव चयन भएका छन् । गोरखाको अध्यक्षमा शान्ता सिंह बस्नेत र सचिवमा हिरालाल श्रेष्ठ, मुस्ताङको अध्यक्षमा मिनकुमार शेरचन र सचिवमा विनोद विसी, म्याग्दीको अध्यक्षमा दिनेस खत्री र सचिवमा तारामान रोक्का, पर्वत जिल्लाको अध्यक्षमा हर्कमान गुरुङ र सचिवमा अदित गुरुङ, बागलुङ जिल्लाको अध्यक्षमा कुमार खड्का र उपाध्यक्षमा लोकेन्द्र केसी मनोनित भएका छन् । मनोनित परिषद सदस्य, जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुको कार्यकाल ४ वर्षको रहनेछ ।

एन्फा यु-१६ असार २० बाट सुरु

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

प्रतिक्रिया