'बेलायती भेरियन्ट'को संक्रमणमा युवा बढी, डब्लूएचओको चेतावनी
नेपालमा आईसीयू र भेन्टिलेटर अभाव हुँदै

काठमाडौँ : मुलुकभर कोभिड-१९ को संक्रमण बढेपछि अस्पतालमा भेन्टिलेटर अभाव हुने भएको छ । बेलायती भेरियन्टको कोभिड-१९ संक्रमण ब्यापक रूपमा बढेपछि मुलुकभर यसको उपचारमा समस्या देखा पर्न थालेको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलटेन्ट डा.अनुप बाँस्तोलाका अनसार पछिल्लो समय कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमणले युवा पुस्तालाई धेरै गाँजेको छ । कोभिड-१९ का विरामी औसत दुई सातासम्म आईसीयूमा बस्न पर्ने हुनाले यसरी नै विरामी थपिदै जाँदा उपचारमा आईसीयू र भेन्टिलेटर अभावको समस्या देखा पर्ने भन्दै सबैलाई सतर्क रहन उनको सुझाएका छन् ।
बेलायती भेरियन्टबाट संक्रमितलाई अस्पताल नै भर्ना भएर सघन उपचार गर्नु पर्ने मात्र हाेइन यसकाे मृत्युदर पनि बढी हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । समयमा नै सचेत रहँदै त्यसका लागि आफू सुरक्षीत हुने बाटो तय गर्न समेत डब्लूएचओले आह्वान गर्दै आएको छ । सरकारी तथ्यांकलाई नियाल्दा यतिबेला मुलुकभरका १० प्रतिशत बढी भेन्टिलेटर कोभिडका जटील विरामीले भरिएका छन् । मुलुकभर कोभिड-१९को विरामीका लागि भनेर छुट्टाइएका साढे चार सयभन्दा बढी भेन्टिलेटर मध्ये ५० भेन्टिलेटरमा कोभिडका विरामी र एक सय बढी आइसीयू बेडमा कोभिड-१९ का संक्रमितहरू उपचारार्थ छन् ।
एक साता यता आईसीयू र भेन्टिलेटर उपयोग गर्ने विरामीको संख्या दैनिक बढेको हो । ‘कोभिड संक्रमणले आईसीयू र भेन्टिलेटर चाहिने बिरामीको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौँ बाहिर खासगरी भारतीय सीमा जोडिएको जिल्लामा त कोभिडको संक्रमण बढी देखिएको र त्यहाँको अस्पतालमा भेन्टिलेटर र आईसीयू पाउन कठिन हुन थालेको छ ।
सरकारी तथ्यांकलाई केलाउने हो भने सबै क्षेत्रमा कोभिडको संक्रमित बढ्दो छ । काठमाडौँका अधिकांश अस्पतालमा भेन्टिलेटर र आईसीयू कक्ष भरिएका छन् । जटिल बिरामी बढेपछि अन्य उपचारका लागि छुट्याइएको आईसीयू र भेन्टिलेटर पनि कोभिडकै लागि उपयोग गर्नपर्ने अवस्था आएको छ ।
कोभिडको दोस्रो लहरमा मृत्यु हुनेहको संख्या पनि उच्च रहेको सरकारी आंकडाले देखाउँछ । जटिल भएपछि अस्पताल पुग्ने प्रथाको कारण यस्तो भएको हुनसक्ने चिकित्सकहरूले बताउँदै आएका छन् । संक्रमितले आफूलाई आशंका लाग्ने वित्तिकै परीक्षण नगर्दा समस्या भएको सरकारी बुझाई छ । यो तवरले संक्रमण बढेमा उपत्यकामा आईसीयू र भेन्टिलेटर नपाउने अवस्था आउँने देखिएको पनि सरकारी अधिकारीले स्पष्ट पारे ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया