बहराइनका प्रधानमन्त्री खलिफाको निधन

काठमाडौं : खाडी मुलुक बहराइनका प्रधानमन्त्री सेख खलिफा बिन सलमान अल खलिफाको ८४ वर्षको उमेरमा निधन भएको छ । अमेरिकाको मायो क्लिनिक अस्पतालमा उपचारार्थ उनको बुधबार विहान निधन भएको हो । बहराइनको राष्ट्रिय समाचार संस्था बहराइन न्युज एजेन्सी उनको निधन भएको पुष्टि गरेको छ ।
बहराइनका राजा हमाद बिन इसा अल खलिफाले दुःख व्यक्त गर्दै मुलुकमा सात दिन शोक मनाउने र झण्डा आधा झुकाउने घोषणा गरेका छन् । उनी राजकुमारसमेत हुन् । उनको पार्थिव शरीर अमेरिकाबाट ल्याउनेक्रममा रहेका पनि समाचारमा जनाइएको छ । पार्थिव शरिर आएलगत्तै परिवारका सीमित सदस्यको उपस्थितिमा उनको अन्त्येष्टि गरिनेछ ।
खलिफाको निधनमा बिहीबारदेखि सम्पूर्ण बहराइनका सबै कार्यालयहरु तीन दिन बन्द गरिने भएको छ । सलमान बहराइन स्वतन्त्र हुनुभन्दा २ वर्ष अगाडिदेखि प्रधानमन्त्री थिए । उनी सन् १९६९ मा बहराइनको प्रधानमन्त्री भएका थिए । उनी विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री हुने व्यक्ति हुन् ।
बहराइनमा नेपालीहरु कार्यरत छन भने त्यहाँ नेपाली दुतवासपनि छ । नेपाल र बहराईन बीच विकास क्षेत्र र अन्तराष्ट्रिमञ्चमा सहकार्य समेत भएको छ । निधन प्रति नेपाल सरकारको तर्फबाट दुख ब्यक्त समेत भएको छ ।

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

प्रतिक्रिया