अष्ट्रेलियन कपको क्रममा नाजी संकेत गरिएपछि…
काठमाडौँ- अष्ट्रेलिया फुटबल कपको फाइनलमा नाजी संकेत गरेका फुटबल समर्थकहरुलाई आजीवन प्रतिवन्ध लगाइने भएको छ । बीबीसीले सरकारी वरिष्ठ अधिकारीलाई उदृत गर्दै नाजी संकेत गरेका समर्थकहरुलाई आजीवन प्रतिबन्ध लगाइने पुष्टी गरेको हो ।
फुटबल अष्ट्रेलियाले अनुशासनात्मक कारबाही सुरु गर्दै सिड्नी युनाइटेड ५८ का केही समर्थकहरुले गरेको रंगभेदी विभेदको निन्दा गरेको छ ।
न्यू साउथ वेल्स राज्यका प्रिमियर डोमिनिक पेरोटेटले केही समर्थकहरुको व्यवहार खतरनाक रहेको बताए ।
अर्कोतर्फ सिड्नी युनाइटेड ५८ क्लबले पनि कुनै पनि अनादर, जातिवाद र विभेदप्रति शून्य सहनशिलता अपनाएको दावी गरेको छ । क्लबले छानविनका लागि पूर्ण समर्थन गर्ने जनाएको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया