कर्णाली प्रदेश : ‘फ्लोर क्रस’ गर्ने एमालेका तीन सांसदले लिए मन्त्रीको सपथ

काठमाडौँ : कर्णालीका नवनियुक्त तीन जना मन्त्रीले सपथ लिएका छन् । विश्वासको मतको पक्षमा फ्लोर क्रस गरेर मतदान गरेका तीन सांसदले आइतबार साँझ मन्त्रीको सपथ लिएका हुन् ।
नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कुर्मराज शाहीले सपथ लिएका छन् ।
नवनियुक्त तिनै जना मन्त्रीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथ खुवाएका हुन् । सपथ ग्रहणसँगै मन्त्रीले मन्त्रालयको कार्यभार सम्हालेका छन् ।अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका एमालेका चार जना सांसद मध्ये तीन जनालाई शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियुक्त गरेका थिए ।
यसैबीच नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रमुख प्रतिपक्षी दलको हैसियतमा प्राप्त गरेको सरकारी गाडी कर्णाली सरकारलाई फिर्ता गरेका छन् । शुक्रबार माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि कांग्रे प्रतिपक्षीको भूमिकाबाट हटेको हो ।

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

प्रतिक्रिया