युनाइटेडलाई सिटीले पराजित गर्दा हालाण्ड र फोडेनको ह्याट्रिक

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाईटेडमाथि शानदार जित हात पारेको छ । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा सिटीले युनाईटेडलाई ६-३ गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा अर्लिङ हालाण्ड र फिल फोडेनले ह्याट्रिक पूरा गरे । युनाईटेडका एन्थोनी मार्सियलले दुई तथा एन्टोनीले एक गोल फर्काए । हालान्डले घरेलु मैदानमा लगतार ३ ह्याट्रिक पुरा गर्ने लिगको पहिलो खेलाडी समेत बनेका छन् । साथै लिगमा सबैभन्दा छिटो ८ खेलमा ३ ह्याट्रिक पुरा हालाण्ड पहिलो खेलाडी पनि बनेका छन् ।
जितसँगै सिटीले ८ खेलबाट २० अंक जोड्दै लिगको दोस्रो स्थानमा यथावत छ । यता २१ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । युनाईटेड ७ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया