अमेरिकी राजदूत र्यान्डी बेरीले स्वदेश फर्किने बेलामा के भनेर गए ?

काठमाडौँ- अमेरिकी राजदूत र्यान्डी बेरी आइतबार स्वदेश फर्किएका छन् । नामिबियाका लागि नयाँ अमेरिकी राजदूतमा सिफारिस भएपछि नेपालबाट बेरी स्वदेश फर्किएका हुन्। चार वर्षे कार्यकाल सकाएर उनी फर्किएका हुन् ।
नेपालबाट फर्कने क्रममा उनले नेपालबाट निकै सद्भाव र सत्कारका पाएको समेत उल्लेख गरेका छन्। उनले नेपालको भविष्यका विषयमा आफू निकै आशावादी रहेको पनि बताएका छन्।
'मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीको सम्बन्धको इतिहासको बारेमा पनि समावेश हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु । मैले यहाँहरूबाट व्यक्तिगत रूपमै अनुभव गर्न पाएको माया, सद्भाव र सत्कारका क्षणहरूका लागि सदैव आभारी रहनेछु,' उनले भनेका छन्‚' यो देशको भविष्यका विषयमा म अत्यन्तै आशावादी छु किनभने मैले यहाँका नागरिकहरू, भूभाग, विश्वास र संस्कृतिलाई अत्यन्तै राम्ररी बुझ्ने सुअवसर प्राप्त गरेको छु।'
बेरी फर्किएसँगै नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्सन आउने भएका छन् । थम्सनले शुक्रबार वासिङ्टन डिसीमा पदको शपथसमेत लिइसकेका छन्। दूतावासका अनुसार नवनियुक्त राजदूत थम्सन केही दिनमा काठमाडौं आउनेछन् ।
I know with certainty that I’ll be back. Next time, on mountains still unexplored, to cultural sites still unvisited & with new friends still to be met–I’ll be just 1 of 1000s of Americans experiencing the beauty & hospitality of Nepal. See you on the trails. pic.twitter.com/lB3Nd9WeEa
— U.S. Ambassador to Nepal (@USAmbNepal) October 2, 2022

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया