नेपालमा थप १०९६ जनामा कोभिड संक्रमण, ८ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो समय कोभिड संक्रमणदर बढ्दै गएको छ । आइतबार थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार आइतबार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढि ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् । त्यस्तै कोभिडका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म तीन हजार ८३ जनाको कोभिडका कारण मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा दुई लाख ७५ हजार ३ सय जना कोरोनामुक्त भएको प्रवक्ता गौतमले बताए ।
हाल ६ हजार २ सय ९० जना आइशोलेशनमा र ८५ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २३ लाख ४५ हजार ५०१ वटा पीसीआर गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

प्रतिक्रिया