टिभीएसद्वारा पब्जी मोबाइल च्याम्पियनसिप २०२१ लाई प्रायोजन
तीन विजेतालाई टिभिएस एनटर्क १२५ सुपर स्क्वाड एडिसन जित्ने मौका
काठमाडौँ : टिभीएस मोटर कम्पनीले नेपालमा पब्जी मोबाइल च्याम्पियनसिप २०२१ प्रायोजन गर्ने भएको छ । यो कार्यक्रम टिभीएस मोटर कम्पनीको ब्लुटुथ जडित स्कूटर टिभीएस एनटर्क १२५को ट्यागलाइन प्ले स्मार्ट भनिएको छ ।
पब्जी नेपालको जेन जेड मध्यको एक लोकप्रिय खेल हो र यो च्याम्पियनशिप गेमिंग क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएको खेलाडीहरुलाई प्रस्तुत गर्दछ । च्याम्पियनसिप रेजिस्ट्रेसन वैशाख ५ देखि सुरु हुनेछ र तीन भाग्यशाली विजेताहरुले टिभिएस एनटर्क १२५ स्क्वाड एडिसन स्कूटर जित्ने मौका पाउँने कम्पनीले जानकारी दिएको छ ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘जगदम्बा मोटर्समा हाम्रो लक्ष्य भनेको नेपालका युवाहरुलाई सधैँ प्रेरित गर्ने र हाम्रा प्लेटफर्महरुलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएकोे छ। हामीले नियमित अन्तरालमा यस्ता संस्थाहरुलाई समर्थन दिँदै आइरहेका छौँ र त्यस्ता राम्रा पक्ष्यहरु निर्माण गर्न जारी राख्नेछौँ जसले देशमा टिभीएस मोटर कम्पनी उत्पादनहरुको आकांक्षा जगाउँदछ ।’

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_2oYt1QA6tR_uqunishesnfnbritehieuqkywprfz35kmui7qvhud4vu8nd3qcmedtif0egd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया