क्षयरोग लागेका कैदीबन्दी उपचारकै क्रममा फरार

विराटनगर- उपचारका लागि झापा कारागारबाट विराटनगर ल्याइएका दुई कैदीबन्दी फरार भएका छन् । कैदी राजकुमार हेमरम र बन्दी मंजील गुरुङ विराटनगरस्थित क्षयरोग निवारण संस्थाबाट शनिबार बिहान फरार भएको जनाइएको छ ।
दुवै जनालाई क्षयरोग देखिएपछि उपचार गर्ने उद्देश्यले कारागार सारेर विराटनगर कारागार ल्याइएको थियो । उपचारका लागि भर्ना भएका उनीहरू उपचारकै क्रममा भागेको मोरङ कारागारका निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए ।
झापा गाउँपालिका–५ का हेमरम जबरजस्ती करणी मुद्दामा झापा अदालतले २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला सुनाएपछि कैद भुक्तानका क्रममा थिए ।
झापाकै झापा गाउँपालिका–३ का गुरुङ लागूऔषध मुद्दामा जिल्ला अदालत झापाले २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि कारागार चलान भएका थिए । दुवैलाई क्षयरोग देखिएपछि झापाबाट मोरङ ल्याइएको थियो ।
क्षयरोग निवारण संस्थाको उपचार कक्षमा राखेर उपचाररत उनीहरू फरार भएपछि मोरङ प्रहरीले दुवैको खोजी गरिरहेको जनाएको छ । साथै त्यहाँ खटाइएको प्रहरी टोलीमाथि समेत अनुसन्धान अघि बढाइने प्रहरीको भनाइ छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_EhQ8mAWDVO_cksmpa3l3b3akaxd8ciqli5qhcppiltjesoluxt9zpb6rs3ecaoz4eqmifue.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया