सलमानका डुप्लिकेट डबल सागरको निधन

मुम्बई- बलिउड अभिनेता सलमान खानका डुप्लिकेट तथा उनका बडी डबल सागर सलमान पाण्डेको निधन भएको छ । सागरको निधन जिम वर्क आउटको समयमा भएको थियो । सागर अन्दाजी ५० वर्षका थिए ।
उनी सन् १९९९ देखि सलमानको फिल्ममा उनको बडी डबल बन्दै आएका थिए । उनले आफ्नो करियरको सुरुवात फिल्म ‘कुछ कुछ होता हे’बाट गरेका थिए । यसपछि उनले ५० बढी फिल्ममा काम गरिसकेका थिए ।
सागरको निधनको पुष्टि सलमानका अर्का बडी डबल शान्तनु घोषले गरेका छन् । शान्तनुका अनुसार सागरलाई तुरुन्तै मुम्बईको जोगेश्वरी इस्टस्थित हिन्दी हृदय सम्राट बालासाहेक ठाकरे ट्रमा केयर मुन्सिपल अस्पतालमा लगिएको थियो । अस्पताल पुग्नासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
सागर सलमानजस्तै अविवाहित थिए । सागरका पाँच भाइ थिए र सबैको खर्च उनले नै व्यहोर्थे । उनले ‘बजरंगी भाईजान’, ‘ट्यूबलाइट’, ‘दबंग’, ‘दबंग द्द’ जस्ता फिल्ममा सलमानको बडी डबलको भूमिका निर्वाह गरेका थिए ।

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया