अघिल्लो साता लगातार बढेको सेयर बजार आज राताम्यै देखियो

काठमाडौँ : अघिल्लो साता लगातार बढ्दै वैशाख २ गते २,७३५.४६ अंकमा पुगेर नयाँ रेकर्ड बनाएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक यो साताको सुरुवाती दिनको कारोबारमा ३५.८९ अंकले घटेर २,६९९.५१ बिन्दूमा आइपुगेको छ । नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्यमा पनि गिरावट देखिएको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इण्डेक्स १.२८ प्रतिशतले घटेको हो ।
आइतबार धेरै गुमाउनेमा गुडविल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, मल्टिपर्पोज फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, साल्ट ट्रेडिङ्ग लगायतका कम्पनीका लगानीकर्ता रहेका छन् । नेप्सेमा आइतबार म्युचुअल फण्ड समूहबाहेक सबै समूहको परिसूचक ओरालो लागेको छ । ट्रेडिङ्ग र होटल्स एण्ड टुरिजम समूहको सेयर परिसूचक सबैभन्दा बढी क्रमशः ३.२७ र २.३२ प्रतिशतले घटेको छ । सेयरबजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ्ग समूहको परिसूचक समेत १.७५ प्रतिशतले तल आएको छ ।
आइतबार सबैभन्दा ठूलो कारोबार एभरेष्ट बैंक लिमिटेडको ८७ करोड ६२ लाख रुपैयाँ मूल्यको १० लाख ८६ हजार चार सय ९८ कित्ता सेयर कारोबार भएको छ । त्यस्तै, एनआइसी एसिया लघुवित्तको ५५ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को २७ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआइसी एसिया बैंकको सेयर आज १० हजार ३१ पटक कारोबार भएको थियो भने निफ्राको ५ हजार पाँच सय ७४ पटक कारोबार भएको छ ।
आइतबार नेप्सेमा २०७ कम्पनीको ८ अर्ब ८० करोड १८ लाख रुपैयाँ मूल्यका १ करोड ९५ लाख २८ हजार ६ सय ५६ कित्ता सेयर ९३ हजार पाँच सय ६८ ओटा कारोबारमार्फत् खरिद–बिक्री भएको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया