रक्षक गौतमले छाडे आर्मी

काठमाडौँ- रक्षक गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडेका छन् । राष्ट्रिय फुटबल टोलीका सदस्यसमेत रहेका गौतमले आगामी सिजन आर्मीमा नरहने निर्णय लिएका हुन् ।
गत सिजन गौतम पहिलो पटक आर्मीको जर्सिमा ए डिभिजन लिग खेलका थिए । त्यस अघि उनी जावलाखेल युथ क्लबमा थिए ।
आर्मीमा अनुबन्ध भएसँगै राइट ब्याक गौतमले एएफसी कपको प्रारम्भिक छनोट खेलेका थिए । यद्यपि, आर्मी दोस्रो चरणमा स्थान बनाउन असफल रह्यो । आर्मीमा रहँदा गौतमले थुप्रै मोफसल उपाधि जितेका थिए ।
गौतमले व्यक्तिगत कारण आर्मी छोडेको बताएका छन्, 'व्यक्तिगत कारण आर्मी छोडेको हो,' गौतमले भने,' भविष्यको बारेमा अहिले केही टुंगो गरेको छैन ।'
११ असोजमा नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल खेल्दा गौतम घाइते थिए । जसका कारण टोली बाहिर रहे ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया