गस्ती गर्ने आमा समूहलाई वडाको सहयोग

मकवानपुर- समाज सुधारको अभियान लिएर रात्रिकालीन गस्तीमा हिँड्ने महिलालाई वडा कार्यालयले सहयोग गरेको छ ।
मकवानपुरको हेटौंडा–९ को पुष्पाञ्जलि आमा समूहलाई वडा कार्यालयले विभिन्न सामग्री सहयोग गरेको हो । गस्तीमा हिँड्ने क्रममा सहयोग पुर्याउने उद्देश्यले हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयले राति हिँड्न सहज गराउनका लागि ज्याकेट, जुत्ता, टर्च, सिटीसहित सामान्य उपचारका लागि स्वाथ्य सामग्रीसहितको बक्स हस्तान्तरण गरेको हो ।
वडा कार्यालयले महिला समूहका लागि खरीद गरेको सामग्री हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले महिला समूह अध्यक्ष कल्पना थापा मगरसहित समूहमा आबद्ध रहेका ४० जनालाई हस्तान्तरण गरिन् ।
महिला समूहले प्रत्येक दिन/रात वडा क्षेत्रमा गस्ती गर्दै आएका छन् । महिला समूहलाई सामग्री हस्तान्तरण गर्दै हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले समाज सुधारका लागि महिला समूहले देखाएको तत्परताको प्रशंसा गरिन् ।
उनले उपमहानगरका सबै वडाहरूमा यस्तो अभियान चलाउन जरुरी रहेको उल्लेख गरिन् । लामो समयदेखि नियमित र निरन्तर गरेको अभियानले समाज सुधारमा महत्वपूर्ण काम भएको उनकाे भनाइ छ । कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष सुकराम केसीले आमा समूहको कामले वडामा रात्रिकालीन यात्रामा सहज भएको बताए ।
उनले वडामा रहेको बेथितिलाई आमा समूहको गस्ती अभियानले रोकेको जानकारी दिए ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया