कैलालीमा १० दिन विद्यालय बन्द गर्न प्रशासनको आग्रह

धनगढी : कैलालीमा १० दिन विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय तहलाई आग्रह गर्ने भएको छ । संकट व्यवस्थापन समितिको बैठकले १० दिन विद्यानलय बन्द गराउन स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमणको हिसाबले कैलाली जिल्लालाई उच्च जोखिममा राखेको बताउँदै जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘विद्यालय बन्द गराउने अधिकार प्रशासनलाई छैन् । त्यसैले स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरेका हौँ ।'
स्वास्थ्य मन्त्रालयले कैलालीसहित उच्च जोखिममा रहेका १४ जिल्लाका सहरी विद्यालय बन्द नभए लकडाउन गर्न पर्ने स्थित आउन सक्ने जनाएको थियो । कैलाली भारतीय सीमासँग जोडिएको जिल्ला भएकाले कोरोना भाइरसको जोखिम बढ्दै गएको छ ।

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

प्रतिक्रिया