कृषकलाई आधा मूल्यमा बिउ

सुर्खेत- भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले ५० प्रतिशत अनुदानमा आलु र अन्य तरकारीका बिउ वितरण गरेको छ। चालु आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रमअनुसार कार्यालयको ५० प्रतिशत मूल्य अनुदान र कृषकहरूको ५० प्रतिशत मूल्य सहभागितामा आलु तथा तरकारीको बिउहरू वितरण गरेको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए ।
करिब ७० क्विन्टल आलुको बिउ र अन्य तरकारीको बिउ दुई सय बढी किसानलाई वितरण गरिनेछ। स्याउली सेवा केन्द्र र खलंगाबाट उक्त बिउ वितरण गरिएको कृषि विकास शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए।
उन्नत बिउ प्रयोग गरी उत्पादन बढाउन र तरकारी खेतीमा किसानलाई हौसला प्रदान गरी व्यवसायतर्फ उन्मुख गराउन बिउमा अनुदान दिएको अधिकारीले बताए। आलुको बीउमा ५० प्रतिशत अनुदान पाएपछि किसान उत्साहित भएका छन्।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

प्रतिक्रिया