दसैँमा कोका–कोला नेपालको सन्तोष शाहसँग विशेष रेसिपी

काठमाडौँ- महान चाड विजयादशमीलाई लक्षित गरी कोका–कोला नेपालले मास्टर सेफ सन्तोष शाहसँग मिलेर दसै विशेष ५ वटा रेसिपीहरू तयार पारेको छ । दसैंमा विशेष खाइने परिकारहरू सेल रोटी, खसीको पक्कु, आलु-कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ ।
कोका–कोला बोतलको लेबलमा भएको कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरू हेर्न सकिनेछ । कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियो उपलब्ध हुनेछन् ।
उपभोक्ताले बनाएको परिकारको भिडियो कोका-कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन् । यसरी भिडियो राख्ने मध्य ३ जना भाग्यशाली विजेताहरूले सेफ सन्तोष शाहसँग भेट्ने अवसर पाउनेछन् ।
दसैको कुरा गर्नासाथ हाम्रा परम्परागत स्वादिला खानाहरूको पनि कुरा आउने सेफ सन्तोष शाहले बताए । यो वर्ष मैले कोका–कोलासँग मिलेर दसैँमा खाइने ५ विशेष परिकारको रेसिपी ल्याएको उनले जानकारी दिए ।
'यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरु पनि थपेको छु । आशा छ, यहाँहरूले पनि आफ्नो प्रियजनसँग यो रेसिपी बनाउनुहुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ । यसरी यी परिकारहरू बनाएको भिडियो चाँहि सामाजिक सञ्जालमा पनि राख्नुहोला,' उनले भने ।
कोका–कोला नेपालका कन्ट्रि डाइरेक्टर आदर्श अवस्थीले नेपालीहरु आफ्नो चाडपर्व र आफ्नो मौलिक स्वादप्रति एकदमै गर्व गर्ने बताए । उहाँहरूको लागि मास्टर सेफ सन्तोष शाहसँग मिलेर दसैं विशेष परिकारको रेसिपी प्रदान गर्न पाउँदा हामी पनि उत्तिकै उत्साहित भएको उनको भनाइ छ ।
'हामीलाई आशा छ उहाँहरूले पनि यी रेसिपी बनाउनु हुनेछ र चिसो कोका –कोलासँग स्वाद लिनुहुनेछ,' उनले भने,' कोका–कोलाले यो वर्षको आफ्नो दसैँ क्याम्पेनको एउटा भागको रुपमा मास्टर सेफ सन्तोष शाहसँग सहकार्य गरेको हो ।'
'सम्बन्ध उत्सव स्वादसँग' थिम राखिएको यो क्याम्पेनले दसैँको मुख्य आकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिविम्वित गरेको छ ।

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_Sdo2BLl8Zj_mitqknbzlkbeypnrh0a4l9lrpvkhda2vawyakdoriom5gpyn3muj5amio6d7.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया