नाराबाजीबीच अन्त्य भयो प्रदेश १ को हिउँदे अधिवेशन
विराटनगर : नाराबाजीबीच प्रदेश नम्बर १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । आइबार सभामुख प्रदिप भण्डारीले बैठक शुरु गर्न साथ विपक्षी दलका सांसदले उठेर विरोध गरेका थिए । सभामुखले पटक पटक बस्न आग्रह गरेपनि उनीहरुले बस्न मानेनन् । धेरैपटक बस्न आग्रह गरेपनि बस्न नमानेपछि सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट हिउँदे अधिवेशन अन्त्य भएको पत्र वाचन गरेर सुनाए ।
सभामुखले पत्र वाचन गरिरहदा सांसदहरुले नाराबाजी गरेका थिए । सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजे अन्त्य गर्ने निर्णय गरेको छ । बैठकमा कुरा राख्न सभामुख प्रदिपकुमार भण्डारीले समय दिएपछि प्रमुख विपक्षी कांग्रेसका केदार कार्कीले सरकारको जवाफ आउनु पर्ने माग गरेका थिए ।
यसबीच विपक्षी दलका सांसदले सरकारले जवाफ दिनुपर्ने मागसहित नारावाजी गरेका थिए । विपक्षीले उठाएको मागको सम्बन्धमा मुख्यमन्त्री शेरधन राईले जवाफ भने दिएनन् । सभामुख भण्डारीले सदनमा मुख्यमन्त्रीको उपस्थिति रहेकोले विपक्षीको कुरा सम्बोधन हुने जनाउ दिएका थिए ।
प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन गत माघ ७ गते शुरु भएको थियो । त्यसयता जम्मा आठ पटक मात्र बैठक बस्यो । सरकारले अधिवेशनभरी कुनै पनि विधेयक सदनमा छलफल गराएनन् ।
तत्कालीन नेकपाभित्रको विवाद अनि सरकार ढाल्ने र नयाँ बनाउने प्रयासले प्रदेशसभा समेत प्रभावित बन्न पुग्यो । पछिल्लो पटक सरकारले विनियोजन गरेका बजेट, दीर्घकालीन महत्वका योजना भएको प्रगति, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलगायत विषयमा सरकारको जवाफ माग्दै विपक्षी दलले प्रदेशसभा बैठक अवरोध गर्दै आएका थिए ।

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

प्रतिक्रिया