मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

मुगु- मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायले जोड गरेका छन् । कर्णालीका हिमाली जिल्लामा उडान छाडेर निजी कम्पनीका जहाजहरू पर्यटक बोक्न पूर्वतिर लागेपछि मुगुसहित अन्य जिल्लाका यात्रु अलपत्र परेका छन् ।
बिहीबार जिल्ला प्रशासन कार्यालय मुगुमा बसेको राजनीतिक दलका प्रतिनिधि र जहाजका कर्मचारीबीचको छलफलले आगामी दिनमा नियमित उडान भर्ने सहमति भएको छ । मुगुमा तारा, समिट, सीता एयरलाइन्सका जहाजहरू दसैंको बेला पर्यटक ओसार्न पूर्व तिर जोमसोम, पोखरा गएपछि मुगु , जुम्ला, डोल्पा, हुम्ला जिल्लाका यात्रु अलपत्र परेका हुन् ।
नेपालीहरूको महान् चाडपर्वको समयमा मुगुमा नियमित उडान भर्न र यात्रुको सास्तीलाई मध्यनजर गर्दै आज प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतमार्फत ध्यानाकर्षण पत्र बुझाएको नेपाली कांग्रेस मुगुका पार्टी सचिव लोकेन्द्र बहादुर मल्लले बताए ।
मुगुमा आइतबार र सोमबार तारा एयरले उडान भर्ने गरेको छ भने त्यस्तै आइतबार, मंगलबार नेपाल एरलायन्स, आइतबार , बिहीबार , शनिबार सीता र आइतबार, बुधबार , शुक्रबार समिट एयरले उडान भर्ने तालिका रहेको छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया