दसैंअघिको अन्तिम कारोबारमा नेप्सेमा हरियाली

काठमाडौँ – दसैं अघिको अन्तिम कारोबारमा सेयर बजार परिसूचकमा सुधार देखिएको छ। बुधबार ६ अंकले बढेको बजार बिहीबार पनि १६.२९ अंकले बढेर बजार बन्द भएको हो।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८९ प्रतिशत बढेर १८५३.७६ मा उक्लिएको छ । बजारसँगै सेन्सेटिभ इन्डेक्स ३.८३ अंकले बढेर ३६३.४२ मा उक्लिएको छ।
बजार बढेपनि कारोबार रकम भने ६३ करोडमा खुम्चिएको छ। आज २२३ कम्पनीको ६३ करोड २४ लाख ७ हजार ६ सय २८ रुपैयाँ बराबरको १७ लाख ९१ हजार ४ सय ८० कित्ता सेयर १४ हजार २ सय ९८ पटकमा किनबेच भएको छ।
नेप्सेसँगै उप-समूहतर्फ जीवन बीमा बाहेक अन्य समूहमा हरियाली छाएको छ। जीवन बीमा समूह ०.०६ प्रतिशतले घटेको छ भने बाँकी समूहको सेयर मूल्य बढेको छ।बजार बढ्दा आज कारोबार भएका १३४ कम्पनीको सेयर मूल्य बढेका छन् भने ४७ कम्पनीको सेयर मूल्य घटेको छ।
अभियान लघुवित्त, गुराँस लघुवित्त,समिट लघुवित्त,नबिल ब्यालेन्स्ड फण्ड, जन उत्थान सामुदायिक लघुवित्त लगायतका कम्पनीको सेयर मूल्य उच्च कमाउनेमा परेका छन् ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया