५ लाख अभाव झेल्दै मलेसियाकाे अस्पतालमा खोटाङका खिलबहादुर

काठमाडौँ- मलेसियामा दश वर्षअघि रोजगारीका लागि पुगेका एक नेपाली अस्पतालमा अलपत्र परेका छन् । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका खिल बहादुर पौडेल अस्पतालमै अलपत्र परेका हुन् । उनको सानो कोठामा राखी उपचार भइरहेको छ ।
अस्पतालमा करिब पाँच लाख रुपैयाँ बुझाउन बाँकी रहेको परिवारले जानकारी दिएका छन् । उनको उपचारका लागि आर्थिक अभाव हुँदै गइरहेको छ । हालसम्म मलेसियामा विभिन्न संघ- संस्था तथा व्यक्तिको सहयोगमा उपचार भइरहे पनि थप उपचार गर्न खर्च अभाव भएको छ ।
मलेसियास्थित दूतावासलाई पनि पौडेलको उद्धार गर्न आग्रह गरिसकेको परिवारले जनाएका छन् । मलेसियामा उपचाररत पौडेलकी छोरीले भने,' नेपालमा उद्धार गरेर ल्याउन खोजेका छौ । यहाँ ल्याएर उहाँलाई उपचार गर्ने तयारीमा जुटेका छौ । आर्थिक अवस्था कमजोर भएकाले ल्याउन सकिरहेका छैनौ ।'
टिकट खर्च मात्र जुटाउन सके पनि बाबालाई उद्धार गरेर ल्याउने उनको भनाइ छ । टिकट खर्च रकम सहयोगका लागि उनले अपिल गरेकी छन् ।
वैदेशिक रोजगार बोर्डले श्रम गरेको अवधिभन्दा बढी समय भएकाले केही गर्न नसक्ने बताएको छ । बोर्डको ऐनमा कतिपय कुराहरूले उद्धार गर्न नदिने जनाएको छ ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया