चर्को भाडा असुल्ने चार गाडी प्रहरी नियन्त्रणमा

लमजुङ- लमजुङमा तोकिएकोभन्दा बढी भाडा लिने चार गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो तथा छोटो दुरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।
प्रहरीले बुधबार काठमाडौंबाट लमजुङ बेसिसहरका लागि छुटेका तीनवटा माइक्रोबस र एउटा बसलाई नियन्त्रण लिएको हो ।
काठमाडौंबाट लमजुङका लागि माइक्रो बसको भाडादर ७ सय १० रहे पनि प्रतिव्यक्ति १ हजार लिएको पाइएको छ । बस भाडा ६ सय ५० रहेकामा १ हजार लिएकाले कारबाहीका लागि पूर्वाधार विकास कार्यालय, यातायात शाखा लमजुङमा पठाइएको छ ।
१० हजारका दरले दुई माइक्रो बसका सञ्चालकले जरिवाना तिरेका छन् भने बाँकी दुई वटा सवारीसाधन कारबाहीको प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

प्रतिक्रिया