भ्रष्टाचार नियन्त्रण गर्न सके मात्रै मुलुकमा समृद्धि आउँछ : प्रदेश प्रमुख शेरचन

रुपन्देही- लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउने बताएका छन् । भ्रष्टाचारका कारण देश आर्थिक सङ्कटबाट माथि उठ्न नसकेको औँल्याउँदै उनले भ्रष्टाचार नियन्त्रणमा सबैको चासो र सक्रियता रहनुपर्नेमा जोड दिए ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले भने, 'भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ । तीन करोड जनता मारमा परेका छन् । आयोगको ध्यान यता जाओस् ।'
आयोगको दायरा धेरै भए पनि काम कम भएको टिप्पणी गर्दै उनले जनतालाई महसुस हुने गरी काम गर्न सुझाव दिए । 'तल्लो तहका कर्मचारीलाई मुद्दा लाग्ने तर उच्च पदमा रहेकालाई छुट दिनु राम्रो होइन, तपाईंहरूलाई कानुनले अधिकार दिएको छ, त्यो अधिकार प्रयोग गरेर अधिकारको दुरुपयोग गर्नेलाई कारबाही गर्नुस्,' उनले भने ।
जनताको दुःख र पसिनाले तिरेको रकम दुरुपयोग हुनु विडम्बना भएकाले भ्रष्टाचारीको शिर ठाडो नहुने गरी कारबाही प्रक्रिया अघि बढाउनसमेत उनले आग्रह गरे ।सडक निर्माणलगायत पूर्वाधार निर्माणमा भएका अनियमितताबारे छानबिन गर्नुपर्ने र कारबाही गर्नुपर्नेमा उनको जोड थियो ।
प्रमुख शेरचनले जनताले अरुबाट आशा गर्न छोडे पनि अख्तियारमाथि अझै भरोसा रहेकाले त्यो भरोसा रहने गरी काम गर्न सुझाव दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख योगेन्द्रप्रसाद पाण्डेले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न आयोग प्रतिबद्ध रहेको बताए । उनले आयोगको बुटवल कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा नौ सय उजुरी प्राप्त भएकामा ८४ प्रतिशत उजुरी फर्छ्याैट भएको जानकारी गराए ।

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

प्रतिक्रिया