जापानका पूर्वप्रधानमन्त्री आबेको राजकीय बिदाइ, नेपालका तर्फबाट राजदूत सुवेदी सहभागी

जापान- जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेकाे मंगलबार सम्पन्न राजकीय श्रद्धाञ्जली सभामा नेपाल सरकारका तर्फबाट जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी सहभागी भएका छन् । सभामा सुवेदीले पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
टोकियोको निप्पोन बुडाकोन भवनमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै जापानका प्रधानमन्त्री फुमियो किसिदीले सबैभन्दा लामो समय प्रधानमन्त्रीको रूपमा काम गरेका आबे जापानको राजनेता भएको बताउँदै देशको आर्थिक विकास, एकता र स्थायित्व कायम राख्न ठूलो योगदान दिएको जिकिर गरे । सभामा जोर्डनका राजा अब्दुल्लाह र क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सू लगायतका विशिष्ट पाहुनाहरू सहभागी थिए ।
विदेशी र जापानका समेत गरेर झन्डै ४ हजार ३०० जना श्रद्धाञ्जली समारोहमा सहभागी थिए । ७०० जना विदेशी पाहुनाहरू सरकारका उच्च पदस्थ अधिकारी वा राजदूत रजापानस्थित कूटनीतिज्ञहरू रहेको बताइएको छ । गत जुलाईमा आमसभामा बोलिरहेका बेला आबेको गोली हानी हत्या भएको थियो ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया