सेयर बजार सामान्य बढ्यो

काठमाडौं- सेयर बजार बुधबार पनि सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अंकले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा पुगेको छ ।
आज व्यापार, फाइनान्स, अन्य र म्युचल फन्डबाहेक अरू समूहको सेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकम भने निकै घटेको छ । १३ लाख ७० हजार कित्ता सेयर ४८ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेसनल माइक्रोफाइनान्सको प्रमोटर सेयर चार करोड ७५ लाख रुपैयाँमा किनबेच भयो ।
आज मन्दाकिनी हाइड्रोको सेयर नौ प्रतिशत तथा अभियान लघुवित्तको सेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि ग्लोबल आईएमई ब्यालेन्स फन्डको सेयर १० प्रतिशतले घटेको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया