जसपा छाड्दै युवराज कार्कीले भने : उपेन्द्रजीको व्यवहार राम्रो भएन, मलाई अपहेलना भयो

विराटनगर- प्रतिनिधि सभाको समानुपातिक सांसदमा मोरङ–२ बाट सिफारिस भएका जसपाका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी छाडेको घोषणा गरेका छन् । उनले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र सर्वसत्तावाद लादेको आरोप लगाउँदै पार्टी छाडेको घोषणा गरेका हुन् ।
कार्कीले पार्टी एकतामा भएको सम्झौताविपरीत खस लगायतका उत्पीडनमा परेका वर्ग र क्षेत्रको आन्दोलनलाई यादवले धोका दिएको बताएका छन् । यादवले पार्टीलाई लोकतान्त्रिक पद्धति अनुसार चलाउन नसकेको, सर्वसत्तावादी दृष्टिकोणबाट ‘म मात्रै हो’ भन्ने भावना राखेर अघि बढेको, पूर्वाग्रही रूपमा पार्टी चलाएको आरोप लगाए ।
‘उपेन्द्रजीको व्यवहार राम्रो भएन, मलाई अपहेलना भयो, एउटा समुदायकै अपहेलना भयो,’ कार्कीले भने, ‘पार्टी कहिल्यै पद्धतिमा चलेको थिएन, अविरल संघर्ष गर्दा पनि सुध्रिनु भएन, कुनै पनि प्रकारको राष्ट्रवादमा वहाँको अडान देखिएन ।’
पार्टीलाई सही तरिकाले चलाउने विषयमा जतिसुकै सुझाव दिएपनि सुनुवाई नगरी दुस्मनको भावनाले व्यवहार गरेको कार्कीले पत्रकार सम्मेलनमा बताए । परिणामस्वरूप आफूलाई विद्रोहको अवस्थामा पुगेको जानकारी दिए । उनले कुनै पनि आन्दोलन खस समुदायको आवाजलाई नसमेटी अघि बढ्न नसक्ने बताए ।
२०७२ साल जेठमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकीकरण भएकै बेलामा कार्कीले नेतृत्व गरेको खस समावेशी पार्टी पनि मिलाएर संघीय समाजवादी फोरम बनेको थियो ।
पुनः २०६६ वैशाख २६ मा संघीय समाजवादी फोरम र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता भएर जनता समाजवादी बनेको थियो ।
जसपा छाडेको घोषणा गर्दै कार्कीले खस लगायतका उत्पीडनमा परेका र पहिचान नपाएका समूहसँग वार्ता अघि बढिरहेको जानकारी दिए । आफू अरू कुनै पनि पार्टीमा नजाने दाबी गरे । उनले पत्रकार सम्मेलनमा बाँडेको विज्ञप्तिमा आफूसहित जसपाकै केन्द्रीय सदस्यहरू मित्र चापागाईँ, भीमबहादुर थापा, राष्ट्रिय परिषद् सदस्यहरू खिरबहादुर भण्डारी, मन्जु भण्डारी, रामबहादुर खत्री, सुजन भण्डारी, महिला नेता चन्द्रा कार्की र कमला थापा तथा भोजपुरका जिल्ला नेता किरण बिष्टको नाम समेत समावेश छ । कार्कीले उनीहरू सबैले जसपा छाडेको दाबी गरेका हुन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया