दैलेखमा एक लाख ५८ हजार मतदाता

दैलेख- आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दैलेखमा एक लाख ५८ हजार आठ सय ५८ मतदाता कायम रहेका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा पुरुष ७९ हजार चार सय २० र महिला ७९ हजार चार सय ३८ मतदाता कायम भएका छन् ।
दुई सङ्घीय निर्वाचन क्षेत्र, चार प्रदेशसभा क्षेत्र रहेको दैलेखमा कुल मतदानस्थल दुई सय सात र मतदान केन्द्र एक सय ३९ वटा कायम भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विवेक पुरीले जानकारी दिनुभयो । सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पुरुष ३८ हजार नौ सय ४४ र महिला ३९ हजार तीन सय ३८ मतदाता छन् । दैलेख क्षेत्र नं १ मा ७३ मतदानस्थल र एक सय तीन मतदान केन्द्र छन् ।
यसैगरी दैलेख क्षेत्र नं २ मा पुरुष ४० हजार पाँच सय ७६ र महिला मतदाता ४० हजार एक सय छन् । यस क्षेत्रमा ६६ मतदानस्थल र एक सय चार मतदान केन्द्र रहेका कार्यालयले जनाएको छ । यस्तै चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा क्षेत्र नं १ को (क) मा ३५ हजार चार सय ९९ मतदाता रहेका छन् । पुरुष १७ हजार आठ सय ९५ र महिला १७ हजार छ सय चार मतदाता छन् । यस प्रदेशसभा निर्वाचन क्षेत्रमा ३३ मतदानस्थल र ४७ मतदान केन्द्र छन् ।
प्रदेशसभा क्षेत्र नं १ (ख) मा ४२ हजार सात सय ८३ मतदाता छन् । चालिस मतदानस्थल र ५६ मतदान केन्द्र रहेको यस क्षेत्रमा पुरुष २१ हजार ४९ र महिला २१ हजार सात सय ३४ मतदाता छन् ।
यस्तै दैलेख निर्वाचन क्षेत्र नं २ प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा ३९ हजार एक सय ९८ मतदाता छन् । पचास मतदान केन्द्र र ३१ मतदानस्थल रहेको यस क्षेत्रमा पुरुष १९ हजार पाँच सय ४१ र महिला १९ हजार छ सय ८४ मतदाता छन् ।
क्षेत्र नं २ अन्र्तगत प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा ४१ हजार चार सय ७८ मतदाता छन् । ३५ मतदानस्थल र ५४ मतदान केन्द्र रहेको यस क्षेत्रमा महिला २० हजार चार सय १६ र पुरुष २१ हजार ६२ मतदाता रहेका सूचना अधिकारी पुरीले बताए । रासस

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया